सोमबार , अषोज २६, २०८३

काठमाडौं, २८ माघ । यस वर्षको एसइई परीक्षा सरकारले केन्द्रस्तरबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले केन्द्र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगतको वर्ष जस्तै एसईई सञ्चालन गर्ने, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सबै जिम्मा बोर्डले पाएका कारण अब एसइई परीक्षाको मिति पनि बोर्डले नै तोक्नुपर्ने छ । यता, बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले केन्द्रस्तरबाटै परीक्षा गराउने निर्णय गरेपनि लिखित निर्णय नआएसम्म समय नतोकिने जानकारी दिनुभयो ।

उहाँले परीक्षाको लागि फर्म भर्ने काम भने भैरहेको पनि जानकारी दिनु भयो । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन ।

गत वर्षको एसईई परीक्षा कोभिड–१९ का कारण सरकारले विद्यालयको आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको थियो । तर, यस वर्षको परीक्षा भने अब बोर्डले नै लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP