मंगलबार , अषोज २७, २०८३

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डलर तिरेर आयात भएका वस्तु बजारमा नभेटिने गरेको बताएका छन् । उनले कतिपय आयातका लागि डलर भुक्तानी भएका वस्तु नेपाल नै नआएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कतिपय वस्तुहरु आयात भएर कहाँ जान्छन् भन्ने समेत थाहा नभएको बताए ।

‘डलर तिरेर सामान ल्याउछौं तर, त्यो अरुका लागि ल्याउँछौं, पहिले-पहिले जनसंख्या भन्दा दोब्बरले छाता आउँछ भनिन्थ्यो अहिले त्यस्तै छ’ उनले भने, ‘फेरि त्यस्ता वस्तु कहाँ बिक्री या निर्यात हुन्छन् भन्ने पनि थाहा हुँदैन ।’

कहिंकतै सामान नेपाल नै नआए पनि डलर भुक्तानी त गरिरहेका छैनौं ? भन्ने प्रश्न गर्दै उनले त्यो कुराको पनि हिसाव राख्नुपर्ने बताए । ‘कन्फिडेन्सियल्ली राज्यलाई इन्पुट दिनुभए हुन्छ,’ उनले भने ।

उनले ११ खर्बसम्म रेमिट्यान्स आउो र करिब २ खर्बको निर्यात हुने अवस्थामा मंसिरसम्मको अवस्था हेर्दा २१ खर्बको आयात हुने अवस्था देखिएको स्मरण गराए । यसले करिब ९-१० खर्ब रुपैयाँको विदेशी मुद्राको सञ्चितिमा ग्याप बस्ने अवस्था आएको बताए । उनले विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि र इन्धनको मूल्यामा आएको वृद्धिले महँगी र आयात बढ्ने अवस्था आएको बताए ।

‘आजलाई भोलिलाई चिन्ता हो । रातारात आयार्त बढाउने आधार बनाएको छैनौं उनले भने,’हिजोको विदेशी मुद्रा सञ्चिति छ, त्यहीबाट धानरहेका छौं, सजग हुनुछ, सतर्क हुनुछ ।’

ब्याजदर धेरैमाथि नगएका पनि परिस्थितिले अझै व्याजदर वृद्धिको माग गरिरहेको बताए । मौद्रिक नीतिको समीक्षामा यसबारे अझै सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘बजारमा रेट (व्याजदर) बढ्नसक्छ । त्यसमा सबै समुदाय तयार रहनैपर्छ,’ उनले भने,’किनभने अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँभित्र हामी सबै रहने हो । त्यहाँभित्र व्यापारी, उद्योगी र अडिटरले आफ्नो आफ्नो काम गर्न पाउने हो, अर्थतन्त्र रहेन भने के गर्ने ?’

उनले विदेशी मुद्राको स्रोतमा रहेको वाषिर्क ९-१० खर्बको खाडलबारे भोलिका लागि सोच्नैपर्ने बताए ।

‘अहिले त विदेशी मुद्राको सञ्चिति प्रयोग गरौं, रिजर्भ निराशाजनक छैन,’ उनले भने,’आयात बढेको बढ्यै गर्दा सञ्चिति पर्याप्तता सूचकमा अप्ठेरो परेको हो । त्यसलाई ठाउँमा राख्न पायौं भने विदेशी मुद्राको स्रोत बढाउने र आयात घटाउने गरी सोच्यौं भने पक्कै ठाउँमा पुग्छौं ।’

गभर्नर अधिकारीले अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने पनि बताए । अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताए ।

‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’

गभर्नर अधिकारीले चारवटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र चार क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए । चालु आर्थिक वर्षमा कर्जा वृद्धिदर लक्ष्यभित्रै रहने समेत उनले बताएका छन् । नेपाल राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत १९ प्रतिशत कर्जा वृद्धिदर हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षको मध्य भागमा ३२ प्रतिशतसम्म पुगे पनि वर्षको अन्त्यमा त्यस्तो नहुने उनले बताए ।

‘कर्जाको प्रवाह ३२ प्रतिशतसम्म पुग्यो, तर अब वर्षको अन्त्यमा १९ प्रतिशतभन्दा तल नै हुन्छ’ गनर्भर अधिकारीले भने, ‘वैशाख सकिन लाग्यो जेठ र असार गरेर अब २ खर्ब हुनुपर्छ, जुन सम्भव छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP