बिहिबार , जेठ १६, २०८२

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको भन्दै बताए ।

पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु