शुक्रबार , भाद्र १२, २०८३

डार्विन । नेपालमा मातातीर्थ औंसीका दिनमा आमाको मुख हेर्ने दिन मनाउने गरिन्छ। नेपाली पात्रो अनुसार, यसपटक आमाको मुख हेर्ने दिन वैशाख १७ गते (अप्रिल ३०) शनिबारका दिन परेको छ।

आमाको मुख हेर्ने दिनमा जोकोही सन्तान आमाको समिप हुन चाहन्छ। तर, आफू विदेशमा रहँदा नेपालमा रहनुभएकी आमासंग यो विशेष दिनमा संगै हुन पाउनु सबैका लागि सम्भव हुँदैन। भौतिक रुपमा संगै हुन नपाएतापनि विभिन्न माध्यमद्वारा आमालाई माया र सम्झना पठाउने माध्यम भने पक्कै भेट्न सकिन्छ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुका लागि यस्तै एउटा माध्यम बनेको छ पेरु (Payरु) रेमिट। आमाको मुख हेर्ने दिनलाई विशेष बनाउनका लागि पेरु रेमिटले विशेष अफर ल्याएको छ। २९ अप्रिल, शुक्रबार र ३० अप्रिल, शनिबारका दिन नेपालमा आमालाई पैसा पठाउँदा शुल्क लाग्नेछैन। पेरु रेमिटले सम्पूर्ण आमाहरुप्रति सम्मान स्वरुप यो विशेष अफर ल्याएको जनाएको छ।

पेरु रेमिट अष्ट्रेलियाबाट नेपालमा पैसा पठाउनका लागि वैधानिक माध्यम हो। पेरु रेमिट मार्फत पठाइएको पैसा नेपालमा आफूलाई सहज लाग्ने जुनसुकै माध्यम, ईसेवा या आफ्नो नजिकको बैंक तथा वित्तिय संस्थाबाट पनि प्राप्त गर्न सकिन्छ। पेरु रेमिट उचित सटही दर (रेट) र विश्वनीय तथा सहज सेवाका कारण छोटो समयमा नै अष्ट्रेलियावासी नेपालीहरुका बीच लोकप्रिय भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP