मंगलबार , असार २३, २०८३

केही दिनयता सुन र चाँदीको भाउ ओरालो लागेको छ।

मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

सो मूल्यमा दिनहुँ गिरावट देखिएको हो। यो साताको पहिलो दिन सुन प्रतितोला एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला एक लाख दुई सय रूपैयाँमा कारोबार भयो।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रूपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP