बुधबार , जेठ ८, २०८२

नेपाली काँग्रेसले शनिबार पनि महानगर र उपमहानगरपालिकामा पार्टीको उम्मेदवारहरू चयन गर्न सकेन । उम्मेदवारहरू टुङ्गो लगाउन पार्टीका शीर्ष नेताहरू बालुवाटारमा जुटे पनि ठोस सहमति हुन नसकेको हो ।

काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार काँग्रेसका शीर्ष नेताको बैठकमा आज ठोस कुनै छलफल भएन । अमेरिकी सांसद र गठबन्धनका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री व्यस्त हुँदा बैठकमा घनिभूत छलफल हुन पाएन । उनले भने, ‘महानगरको उपमेयरमा पनि धेरैको नाम सिफारिस भएकाले नेताहरू सहमति पुग्न सक्नु भएको छैन ।

सहमति नजुटेपछि भोलि बिहान ९ पार्टी कार्यालय सानेपामा शीर्ष नेताबीच अनौपचारिक छलफल हुने र ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे अन्तिम निर्णय लिनेछ । नेताहरूबीच सहमति नजुट्दा शुक्रबार बस्ने भनिएको कार्यसम्पादन समिति बैठक शनिबारलाई सारिएको थियो । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक पछि ३ बजे तय गरिएको थियो । तर महानगरका मेयर उपमेयरबारे शीर्षमा सहमति जुट्न नसकेपछि बैठक आइतबारका लागि सारिएको छ ।

काँग्रेस स्रोतका शुक्रबार काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । त्यस्तै काँग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा पाएको छ भने जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा उपप्रमुख पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP