शनिबार , बैसाख ६, २०८२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको छ ।

बिहान ११ः५० मा निर्वाचन आयोग पुगेर निर्वाचनको प्रक्रिया अगाडी बढाउन १ मिनट पनि रोक्न नहुने बताएर निस्केका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न सिधैँ शीतलनिवास पुगेका थिए । उपप्रधानमन्त्री,कानुनमन्त्री, अर्थमन्त्री, र संविधानसभा अध्यक्षलाई साथमा लिएर आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको तयारीको प्रशंसा गर्दै धन्यबाद समेत दिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री ओली बीच बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी भएको बताईएको छ ।

यसअघि सरकारले सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गर्ने तथा दोस्रो चरणमा २७ वैशाखमा दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबारको मन्त्रिपरिषदको निर्णय पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी गराएको शीतलनिवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP