मंगलबार , असार २३, २०८३

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यालय फर्केका छन् । आज राष्ट्र बैंकमा पुनर्वहाली गर्दै उनले कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने बताए ।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारीले राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रका विषयमा संवेदनशिलता देखाएकोमा सबैप्रति आभार प्रकट गरेका थिए ।

उनले भने, ‘सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जाल र केही राजनीतिक नेतृत्वबाट समेत विषयको संवेदनशिलता महसुस गरेर सरोकार देखाइएकोमा आभारी छु ।’

आफ्नो निवेदन सर्वोच्चमा विचाराधीन नै रहेको हुँदा यस विषयमा धेरै नबोल्ने उनले बताए ।

‘हामी व्यक्तिभन्दा पनि संस्था हौं । यो सिस्टमका लागि आएको आदेश हो । म त एउटा माध्यम मात्रै हुँ । विभिन्न घटना-परिघटनाले यस्तो स्थिति ल्याउँछन् । हामीले जिम्मेवारी निर्वाह गर्दा सबैसँग आवश्यक समन्वय सम्पर्क गरिरहने छौं । आग्रह-पूर्वाग्रह राखेर काम गर्ने भन्ने हुँदैन । यसमा सतर्क रहनेछौं,’ उनले भने ।

सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP