आइतबार , जेठ २६, २०८२

नयाँदिल्ली — भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्क्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका छन् । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देश गरेका छन् ।

उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा १३५ जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु झएको छ । सक्रिय संत्रमितको संख्या ६९५ छ । केन्द्रीय राजधानी दिल्लीसँगैको गाजियावादका १२ स्कुलमा पनि संक्रमित भेटिएका छन् । त्यहाँ स्थानीय प्रशासनले जुन १० सम्म कुनै पनि सभा, सम्मेलन, जुलुस नगर्न निर्देशन जारी गरेको छ । त्यहाँ ३२ छाक्र र ५ शिक्षकमा संत्रमण पुष्टि भएको छ । त्यसमा १२ वर्षमुनिका ३ र २० वर्षसम्मका ५ जना छात्र पनि छन् । प्रशासनले नयाँ गाइडलाइन दिए पनि विद्यालय भने बन्द गराइएको छैन ।

गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो । स्थिति सामान्य भएको दुई महिना नबित्दै सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ । दिल्ली, हरियाणा, उत्तरप्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्न थालेको हो । दिल्लीमा एक साताको अन्तरालमा १ सय ४५ प्रतिशतले संक्रमित बढेका छन् । पछिल्लो ७ दिनमा २ हजार ३ सय ७ संक्रमित भेटिएका छन् । त्योभन्दा अगाडि सातामा ९ सय ४३ संक्रमित पाइएको थियो ।

उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान पनि छन् । २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदाजाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने गाइडलाइन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP