शनिबार , भाद्र १३, २०८३

नयाँदिल्ली — भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्क्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका छन् । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देश गरेका छन् ।

उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा १३५ जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु झएको छ । सक्रिय संत्रमितको संख्या ६९५ छ । केन्द्रीय राजधानी दिल्लीसँगैको गाजियावादका १२ स्कुलमा पनि संक्रमित भेटिएका छन् । त्यहाँ स्थानीय प्रशासनले जुन १० सम्म कुनै पनि सभा, सम्मेलन, जुलुस नगर्न निर्देशन जारी गरेको छ । त्यहाँ ३२ छाक्र र ५ शिक्षकमा संत्रमण पुष्टि भएको छ । त्यसमा १२ वर्षमुनिका ३ र २० वर्षसम्मका ५ जना छात्र पनि छन् । प्रशासनले नयाँ गाइडलाइन दिए पनि विद्यालय भने बन्द गराइएको छैन ।

गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो । स्थिति सामान्य भएको दुई महिना नबित्दै सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ । दिल्ली, हरियाणा, उत्तरप्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्न थालेको हो । दिल्लीमा एक साताको अन्तरालमा १ सय ४५ प्रतिशतले संक्रमित बढेका छन् । पछिल्लो ७ दिनमा २ हजार ३ सय ७ संक्रमित भेटिएका छन् । त्योभन्दा अगाडि सातामा ९ सय ४३ संक्रमित पाइएको थियो ।

उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान पनि छन् । २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदाजाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने गाइडलाइन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP