शनिबार , बैसाख ६, २०८२

काठमाडौं, बैशाख १ । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP