मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने प्रावधान लागू हुनुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा ९ बुँदे मागपत्र बुझाइएको छ । फिल्म निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको मागपत्र आइतबार बोर्ड अध्यक्ष दयाराम दाहाललाई बुझाइएको हो ।

फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

विदेशी फिल्मलाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने, विदेशी तथा नेपाली भाषामा डबिङ गरी फिल्म रिलिज गर्ने नीतिगत निर्णय रोक्नुपर्ने, विदेशी फिल्मको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

विदेशी फिल्म प्रदर्शनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका सिनेमा हललाई दिएको छुट खारेज गर्नुपर्ने, विदेशी फिल्मको सेन्सरमा कडाइ गर्नुपर्ने, नेपाली मौलिक कथामा बनेका फिल्मलाई प्रदर्शनको लागि विशेष व्यवस्था गर्न समेत माग गरिएको छ ।

फिल्म निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन् । ‘भविष्यको चिन्ता भएका हामी चलचित्रकर्मी बोर्डमा पुगेर मागपत्र बुझाएका हौं,’ पत्र बुझाएपछि निर्देशक बस्नेतले अनलाइनखबरलाई भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP