मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आज भर्चुअल भेट हुने भएको छ । गत महिना मात्रै चार नेताको बैठकमा दुई नेताबीच भेटवार्ता भएको थियो । यो बैठक २ प्लस २ मन्त्रीस्तरीय वार्ता अघि बस्न लागेको हो भारतको परराष्ट्र मन्त्रालयले दुई नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्नेछ ।

दुई नेताबीच दक्षिण एसियाका पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ । दुई नेताबीच कोरोना महामारी, जलवायु संकट, विश्वव्यापी अर्थतन्त्र र लोकतन्त्रको सुरक्षाको वार्ता हुन सक्छ ।

सबैभन्दा ठूलो मुद्दा : रूस र युक्रेन युद्ध
ह्वाइट हाउसका अनुसार बाइडेनले मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउनेछन् । ह्वाइट हाउसले रुसको युद्धको बारेमा मोदीसँग छलफल गरिने जनाएको छ । यसका साथै यस युद्धले विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावबारे पनि छलफल हुनेछ ।

रुस र युक्रेनबीच भारतको अडानप्रति अमेरिकाले पहिले नै आपत्ति जनाएको छ । अमेरिका भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने चाहन्छ । भारतले रुससँग तेलको व्यापार जारी राखेको छ जसले गर्दा अमेरिका असन्तुष्ट छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा मूल्य चुकाउनु पर्ने अमेरिकाले चेतावनी दिएको छ । यसैबीच अमेरिकाले भारतलाई हतियार दिने प्रस्ताव गरेको छ । रुसबाट हतियारमाथिको निर्भरता घटाउनुपर्ने सर्त पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP