शुक्रबार , भाद्र १२, २०८३

डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनएमबी) बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ ।
यस्तो नीति बनेपछि नबिल र एनएमबीले मर्जर प्रकृया अघि बढाएका हुन् । दुवै बैंकमा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको लगानी छ । नबिल स्थापनादेखि चौधरी परिवारको लगानी छ भने एनएमबी बैंकमा रहेको बंगलादेशी साझेदारीको सेयर बिनोद चौधरीले आफ्नो श्रीमती सारिकाको नाममा खरिद गरेका थिए ।

यसरी दुवै संस्थामा आफ्नो लगानी भएको बैंकलाई राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रकृया अघि बढाएका बेला राष्ट्र बैंकको संचालक समितिका एक सदस्यले आर्थिक चलखेल शुरु गरेका छन् । जुन कुरा अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आयोजित कार्यक्रमबाटै खुलासा गरेका थिए ।

तत्कालीन केपी ओली सरकारका बेला एमालेबाट सञ्चालक समिति सदस्यमा सिफारिस भएका एक सञ्चालक समिति सदस्यले नबिल बैंकका एक अधिकारीलाई मोबाइलमा सन्देश पठाउँदै मर्जर प्रकृया छिटो अघि बढाइदिने र मर्जरपछिका सुविधामा पनि सहज बनाइदिने भन्दै पैसा मागेको अर्थ मन्त्रालय स्रोतका भनाइ छ ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको यस्तो हर्कतलाई नबिल बैंकका अधिकारीहरुले अनपेक्षित भन्दै गर्भनर महाप्रसाद अधिकारीलाई रिर्पोटिङ गरेका थिए । ‘घुस’ माग्ने सञ्चालक समिति सदस्यलाई कारबाही हुने अपेक्षामा नबिल बैंकका अधिकारीले गभर्नरसँग सहयोग मागे पनि उनले यस बिषयमा कुनै प्रकृया अघि बढाएनन् ।

निरन्तरको ताकेतापछि नबिलका अधिकारीहरुले सल्लाह गरेर ५ हजार डलर मात्रै दिन सकिने एसएमएस पठाएका थिए । तर, ती सदस्यले मागे जति (३० हजार डलर) नै पैसा चाहिने र छिटो गर्नुपर्ने भन्दै दबाब सृजना गरेको बताइएको छ ।

नबिलका अधिकारीहरुले महाप्रसाद अधिकारीले समेत ‘घुस’ माग्ने संचालक समिति सदस्यलाई केही नभनि चुप बस्नु अनौठो भएको भन्दै आफ्ना निकटस्थहरुसँग दुःखेसो गर्न थालेका छन् । बैंक मर्जरपछि कर्पोरेट करमा छुट पाउने, एक वर्षपछि मात्रै ऋण पत्र जारी गर्नुपर्नेलगायतका सुविधा हुन्छ । यस्ता सुविधामा सहजीकरण गर्ने प्रस्ताव गर्दै राष्ट्र बैंकका ती सञ्चालकले नबिलका अधिकारीसँग घुसको प्रस्ताव गरेका हुन् ।

निलम्बित गर्भनर अधिकारीबाट कुनै सुनुवाई नभएपछि नबिलका अधिकारीले अर्थ मन्त्रालयलाई गुनासो राखेका थिए । ती सदस्यले घुस मागेको प्रमाणसहित अर्थलाई गुनासो आएपछि अर्थ मन्त्रालयले गर्भनर अधिकारीलाई बोलाई सबुत प्रमाणका आधारमा कारबाही गर्न र वित्तीय अनुशासन तथा अपारदर्शी आर्थिक कारोबारमा संलग्न नहुन निर्देशन दिएको थियो । तर, गर्भनर अधिकारीले अर्थ मन्त्रालयको निर्देशनसमेत अटेर गरी नबिल अधिकारीबाट उठाउन खोजिएको घुस रकमबारे मौन बसेका थिए ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पैसा माग्दै म्यासेज गरेपछि नबिल र एनएमबी बीचको मर्जर प्रकृया अन्योलमा परेको छ ।

@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP