शुक्रबार , भाद्र १२, २०८३

तास्मानिया । होबार्टमा सक्रिय फुटबल टिम मार्फा एफसी होबार्टलाई तास्मानियाको खेलकुद क्षेत्रमा अझ स्थापित र प्रोत्साहित गर्ने उद्देश्यले एस स्टडिज र गोर्खा फेसनले खेलाडीहरूलाई जर्सी वितरण गरेको छ ।
सोमबार एक विशेष कार्यक्रमका बिच क्लबका खेडालीहरुलाई करिब ३० वटा जर्सी वितरण गरिएको एस स्टडिज होबार्ट र गोर्खा फेसनले जनाएको छ । उक्त कार्यक्रममा एस स्टडिज होबार्टका निर्देशक खगेन्द्र सत्याल र गोर्खा फेसनका निर्देशक उमेश सेन्चेउरीले विभिन्न समस्याका वावजुत पनि खेलकुदमा सक्रिय क्लबहरूलाई सामाजिक तथा शैक्षिक संघसस्थाहरुको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गोर्खा फेसनका श्री निर्देशक अधिकारीले तास्मानियाका खेलकुद क्लबहरूलाई आफूहरूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चार महिना अघि दर्ता भएको मार्फा एफसी होवार्टले विभिन्न स्थानीय नेपाली क्लबहरूसँग खेलकुद गतिविधिहरू गिरहेको क्लबका अध्यक्ष प्रेम हुँमागाईले बताए । कार्यक्रमको सञ्चालन क्लबका पब्लिक अफिसर विशाल सुब्बाले गरेका थिए । क्लबमा ४० भन्दा बढी सदस्य रहेका छन् भने टिम क्याप्टेन सुदिप चाम्लिङ राई हुन ।
क्लबका सचिव प्रमोद जङ्ग शाहले होवार्टमा पहिलो नेपाली फुटबल क्लब भएको दाबी गर्दै जर्सी वितरणले क्लबका खेलाडीलाई हौसल्ला मिल्नुका साथै नेपाली व्यवसायको प्रवर्द्धन हुने बताए । क्लबले यस अघि स्थानीय सरकारी संस्था मार्फत खेलकुद सामाग्री खरिदका लागि तीन हजार डलर सहयोग प्राप्त गरिसकेको छ । तास्मानियामा नेपाली खेलकुद मार्फत समुदाय र युवाहरुलाई सङ्गठित बनाउनु क्लबको उद्देश्य भएको सल्लाहकार रोविन पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP