सोमबार , बैसाख २२, २०८२

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघमा पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । आज काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा आयोजित महासंघको प्रारम्भिक साधारणसभा तथा महाधिवेशनले भरत भट्टराई नेतृत्वको २९ सदस्यीय अघिल्लो कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

महासंघको अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाईं (शोभित), उपाध्यक्षमा अर्जुन चालिसे, महासचिव रमेश कुमार घिमिरे छन् । यसैगरी सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सहकोषाध्यष श्याम सुन्दर नगरकोटी र बरिष्ठ सदस्यमा दीपकबाबु बोगटी छन् ।

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र क्याप्टेन विजय लामालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, विशाल भट्टराई, दीपक मलहोत्रा, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलका साथै नेपाल दूरसञ्चार प्राधिकरण, कम्प्युटर एशोसिएशन अफ नेपाल, सामसुङ्ग, शाओमी, लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP