मंगलबार , अषोज २७, २०८३

काठमाडौं । ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले फिल्मको सक्सेस पार्टीमा दोस्रो भाग निर्माण गर्ने संकेत गरेका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले ‘आरआरआर’को सिक्वेल बनाउन सक्ने बताएको दैनिक भास्करले जनाएको छ ।

राजामौलीसहित कलाकारहरु जुनियर एनटीआर, रामचरण र तेजाले पनि सिक्वेल बनाउनेतर्फ रुचि देखाएका छन् ।

सिक्वेलको सन्दर्भमा सोधिएको प्रश्नमा राजामौलीले भने, ‘हामीले २०२० मा आरआरआर बनायौं र २०२२ मा यो चलिरहेको छ । म अहिले आरआरआरले पैदा गरेको गर्मीबाट आफूलाई ठण्डा राख्ने प्रयास गरिरहेको छु । मेरा लागि सिक्वेल बनाउनु निकै खुसीको कुरा हुनेछ ।’

राजामौलीले अगाडि भने, ‘आरआरआरले बक्स अफिसमा के पाउँछ भनेर मात्र होइन, यद्यपि मलाई मेरा दुई प्रिय भाइहरु रामचरण र जुनियर एनटीआरसँग थप समय बिताउन अवसर पनि प्राप्त हुनेछ । मेरा लागि यो निकै उत्साहप्रद हुनेछ । तर समय बित्न दिनुस्, हेरौं के हुन्छ ।’

सिक्वेललाई लिएर जुनियर एनटीआरले भने, ‘राजामौली सरलाई आरआरआर २ बनाउनु जरुरी छ । यो कथाको निष्कर्ष निकाल्नु जरुरी छ । मलाई लाग्छ, आरआरआर एक फ्रेन्चाइज नै हो ।’

रामचरणले पनि आरआरआरको प्रदर्शन समाप्त भएपछि मात्र सिक्वेल बनाउनेबारे सोच्ने बताए । ‘मलाई आशा छ, तपाईंको इच्छा पूरा हुनेछ,’ उनले भने । फिल्मले हिन्दी भाषाको संस्करणमा २०० करोड भारु कमाइसकेको छ । नेपालमा समेत फिल्मले १० करोडभन्दा बढी कमाइ गरिसकेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP