आइतबार , जेठ २६, २०८२

एजेन्सी, २५ चैत्र । रुस युक्रेन युद्ध भएको ४३ दिन बितिसकेको छ । यसैबीच रुसले पूर्वी युक्रेनको रेलवे स्टेशनमा क्रुज मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको बताइएको छ । योसँगै सयभन्दा बढी घाइते भएका छन् ।

आक्रमण डोनेट्स्कको क्रामाटोर्स्कमा भएको थियो। डोनेट्स्कका गभर्नरले भने, ‘आक्रमण हुँदा हजारौं मानिसहरू रेल छोड्नको लागि पर्खिरहेका थिए।’

सोही समयमा रुसले आफ्नो सेनाले ओडेसामा रहेको सैन्य तालिम केन्द्र ध्वस्त गरेको बताएको छ।

युक्रेनी शहर बुचामा नरसंहारको आरोपको सामना गर्दै रुसको समस्यामा जर्मन दाबी थपिएको छ। जर्मनीले आफ्नो गुप्तचर विभागले भूउपग्रह मार्फत रूसी सेनाको रेडियो प्रसारण रेकर्ड गरेको जनाएको छ।

यस वार्तालापमा रुसी सेनाका अधिकारीहरूले सैनिकहरूलाई सर्वसाधारणलाई मार्ने आदेश दिइरहेका छन्। जर्मनीले पनि यो अडियो जारी गरेको छ र यो अडियो बुचा सहरको हुन सक्ने बताएको छ, जहाँ विगतमा सयौं सर्वसाधारण मारिएका थिए । तर, रुसले यसलाई प्रोपोगाण्डा भन्दै खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP