मंगलबार , बैसाख २९, २०८३

एजेन्सी, २५ चैत्र । रुस युक्रेन युद्ध भएको ४३ दिन बितिसकेको छ । यसैबीच रुसले पूर्वी युक्रेनको रेलवे स्टेशनमा क्रुज मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको बताइएको छ । योसँगै सयभन्दा बढी घाइते भएका छन् ।

आक्रमण डोनेट्स्कको क्रामाटोर्स्कमा भएको थियो। डोनेट्स्कका गभर्नरले भने, ‘आक्रमण हुँदा हजारौं मानिसहरू रेल छोड्नको लागि पर्खिरहेका थिए।’

सोही समयमा रुसले आफ्नो सेनाले ओडेसामा रहेको सैन्य तालिम केन्द्र ध्वस्त गरेको बताएको छ।

युक्रेनी शहर बुचामा नरसंहारको आरोपको सामना गर्दै रुसको समस्यामा जर्मन दाबी थपिएको छ। जर्मनीले आफ्नो गुप्तचर विभागले भूउपग्रह मार्फत रूसी सेनाको रेडियो प्रसारण रेकर्ड गरेको जनाएको छ।

यस वार्तालापमा रुसी सेनाका अधिकारीहरूले सैनिकहरूलाई सर्वसाधारणलाई मार्ने आदेश दिइरहेका छन्। जर्मनीले पनि यो अडियो जारी गरेको छ र यो अडियो बुचा सहरको हुन सक्ने बताएको छ, जहाँ विगतमा सयौं सर्वसाधारण मारिएका थिए । तर, रुसले यसलाई प्रोपोगाण्डा भन्दै खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP