मंगलबार , अषोज २७, २०८३

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् ।

पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेपनि अन्ततः उनी स्वागत नेपाल नेतृत्वको पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेका छन् ।

उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ ।

उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ । उक्त पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिले नै सार्वजनिक गरेर मात्रै उम्मेदवारी दर्ता गर्न पाउने पनि बैठकले निर्णय गरेको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP