शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, माघ २६ ।नेपालकी अभिनेत्री सुष्मा कार्की पछिल्लो समय निकै चर्चामा आएकी छिन्। हालै अभिनेत्री श्वेता खड्का र सुष्मा कार्कीको विषयको विवाद प्रहरीसम्मै पुगेको थियो।

उक्त विवाद सेलाउन नपाउँदै सुष्मा श्वेता खड्काको विषयमा दिएको बयानका कारण चर्चामा आएकी हुन्। उनी ट्रोलको शिकार बनेकी छिन्। उनका सयौं मिमहरु बनेका छन्।

नायिका सुष्मा कार्कीले हालै श्वेता खड्काकी बहिनी आरती र युट्युबर उत्सव रसाइलीविरुद्ध आफूमाथि दुर्व्यवहार भएको भन्दै मुद्दा हालेकी थिइन्। एउटा रेस्टुरेन्टमा भएको विवादमा सुष्मामाथि हातपातै भएको प्रहरीमा उजुरी परेको थियो।

हाल उक्त विवाद टुंगिसकेको छ। तर नेपाली टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’मा अन्तर्वार्ताका क्रममा सुष्माले श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको विवादस्पद भनाइ राखेकी छिन्।

जसका कारण उनको सयौं ट्रोलहरु बनेको छ। उनी मिमको शिकार बन्नुको मुख्य कारण होः वास्तवमा उनी ३५ वर्षकी हुन्। श्वेता भने उनीभन्दा तीन वर्षले कान्छी हुन्।

आफूभन्दा कान्छीलाई आन्टी र दिदी भनेकोमा उनको ट्रोल बनेको हो।

त्यसबाहेक विवाह जेठा कान्छा जोसँग गरेपनि त्यो श्वेताको आन्तरिक विषय भएको पनि प्रतिक्रिया आइरहेको छ भने सुष्माको आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP