शुक्रबार , भाद्र १२, २०८३

नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।

राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् । एकातिर सुपारी लगायत तस्करीजन्य वस्तुको आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तुबाहेकको आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमिलेको बैंकहरूको भनाइ छ । यो समाचार दल नेपालटप दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP