मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेभन्दा काँग्रेस बलियो रहेको हिसाब सुनाएका छन् । मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले एमालेभन्दा काँग्रेस बलिया रहेको डाटा प्रस्तुत गरेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा एमाले बलियो भएको बताएपछि शर्माले आज बैठकमै ०७४ को निर्वाचनको डाटा प्रस्तुत गरेका थिए ।

‘सभापतिज्यू एमाले कसरी बलियो छ ? कुन तर्क र तथ्यले बलियो छ ?’ देउवालाई शर्माको प्रश्न थियो । त्यसपछि शर्माले बैठकमा ०७४ को निर्वाचनको गणित सुनाए । शर्माका अनुसार गत निर्वाचनमा एमालेले २९३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । काँग्रेसले एमालेको भन्दा २७ मात्र कम अर्थात २६६ स्थानीय तहको प्रमुख पद जितेको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मात्र भोट बढाउन सकेको अवस्थामा थप १५५ वटा पालिकामा प्रमुख जित्न सक्ने शर्माको हिसाब छ । त्यो अवस्थाका काँग्रेसले आसन्न निर्वाचनमा ४२१ पालिका प्रमुख जित्ने महामन्त्री शर्माको विश्लेषण बैठकमा सुनाए ।

यस्तै शर्माकाअनुसार ०७४ को निर्वाचन परिणाममा दोस्रो मत पाउनेमा एमालेभन्दा काँग्रेस बलियो छ । गत निर्वाचनमा काँग्रेस ३१९ वटा स्थानीय तहमा दोस्रो भएको थियो भने एमाले २४५ मा दोस्रो भएको थियो । ७४ वटा स्थानीय तहमा एमालेभन्दा काँग्रेस अगाडि छ ।

उनले भने, ‘हामी एमालेभन्दा ७४ स्थानमा दोस्रो भएका छौं । दोस्रो हुनु भनेको पहिलो हुन नजिक हो । त्यसैले गणितीय रुपमा नेकपा एमालेभन्दा काँग्रेस बलियो छ ।’ २९३ पालिका प्रमुख जित्दाको एमाले र अहिलेको एमालेको अवस्था उस्तै नरहेको शर्माको भनाइ छ ।

‘२९३ पालिका प्रमुख एमालेले जित्दै गर्दा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि हुनुहुन्थ्यो । आज कहाँ हुनुहुन्छ उहाँहरु ?’ शर्माको प्रश्न छ, ‘दुई पूर्वप्रधानमन्त्री र एक पूर्व उपप्रधानमन्त्री त्यो २९३ प्रमुख जितेको पार्टीमा हुनुहुन्न । अनि कसरी एमाले बलियो भयो ?’

यस्तै एमाले बलियो हुँदाको परिणाम के भयो भन्ने हिसाब किताब जनताले गरिरहेको शर्माले बताए । ‘एमाले बलियो हुँदा के भयो तीन वर्ष ? सत्तामा गइसकेपछि संविधान विरोधी एकपछि अर्को कर्म भएको छ । एमाले पहिलेको भन्दा खुइलीसक्यो’ उनी भन्छन् ।

एमाले पहिलेकै रुपमा छ भन्ने केपी ओलीको भाषणको भ्रममा पर्न नहुने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गरेर जाने हो । तालमेल गरौं’ उनले भने, ‘तर तालमेल गर्दा एमाले बलियो छ, त्यसैले तालमेल हुन्छ भन्ने विल्कुल होइन । एमाले बलियो छैन, बलियोको भ्रम दिन एमाले सफल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP