सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी गठबन्धनलाई लिएर जुहारी चलेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा दुबै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि ?,’ उनले अघि भने, ‘उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔं के भयो र !’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि !’

कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताए । कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले अघि भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’

गठबन्धनको पक्षमा उभिँदै आएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई गेटआउट भन्न समिल्ने समेत बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा आफू चुनावकै पक्षमा रहेको, तर अदालतले संसद पुनस्र्थापना गरेको र सबैको सहयोगमा आफू प्रधानमन्त्री भएको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री बनाउने साथीलाई अहिले मैले गेट आउट भन्न मिल्छ ?’

उनको प्रश्न छ, ‘प्रधानमन्त्री बन्नु गल्ती हो भने भन्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP