बुधबार , बैसाख १७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताए ।

राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।

उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेपर्ने धारणा राखे । तर, एमाले, काँग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गरे ।

‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला रु कोही काँग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला ? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’ उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP