सोमबार , भाद्र १५, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा गठबन्धन गरेर जानेबारे नेपाली कांग्रेसको औपचारिक धारणा कुरेर बसिरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवाले चुनावी तालमेलको कुरा गरेको भन्दै उनले धन्यवाद दिए ।

अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले कांग्रेसभित्रको एउटा तप्काले पनि चुनावी तालमेलको कुरा गरिरहेको बताएका हुन् ।

‘शेरबहादुरजी धोकाको राजनीति गर्ने मान्छे होइन, शेरबहादुजीले पटक–पटक चुनावी तालमेलको कुरा गर्नु भएको छ । पार्टीले के निर्णय गर्छ हामी पर्खेर बसेका छौं,’ नेता नेपालले भने, ‘आरजुजीले पनि तालमेलको कुरा गर्नुभएछ धन्यवाद छ उहाँलाई । हामीसँग मेलखानेसँग हातेमालो गर्दै जान्छौँ ।’

नेता नेपालले माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल हुने बताए । ‘मोहन विक्रमजीको पार्टीले हामीसँग तालमेलको कुरा गरेको छ, उपेन्द्र यादवले मिलेर जाने कुरा गर्नुभएको छ । कांग्रेसभित्रको एउटा हिस्साले पनि तालमेल गरेर जाने कुरा गरेको छ । तर, यो गठबन्धन तोड्न केपी ओली लागिपरेका छन्,’ नेता नेपालले अगाडि भने, ‘केपी ओली पनि गठबन्धन गर्दैछन्, को सँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साठगाँठ गर्न गरिरहेका छन् । विदेशीको दलाली गर्नेसँग तालमेलको कुरा गरेका छन् । दक्षिणपन्थी दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थीसँग मिल्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP