आइतबार , जेठ २६, २०८२

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। संबोधनमा उनले रुसले आफ्नो देशमा विनाश गरेको बताए।

उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशहरुलाई धन्यवाद दिए। लगत्तै जेलेन्स्कीले युरोप र युरोपेली नेताहरुले रुसलाई रोक्न धेरै ढिलो काम सुरु गरेको बताए।

उनले भने, ‘युरोपेली राष्ट्रहरुले प्रतिबन्ध लगायो। त्यसका लागि हामी कृतज्ञ छौं। यो एक शक्तिशाली कदम हो। तर केही समय ढिलो भयो। पहिला नै यो कार्य गर्ने मौका थियो।’

यदि पहिले नै प्रतिबन्ध लगाइएको भए रुसले युद्ध सुरु नगर्ने उनको भनाइ छ। उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनतर्फ इसारा गर्दै भने ‘यदि यो पाइपलाइन पहिले नै अवरुद्ध भएको भए रसियाले ग्यास संकट सिर्जना गर्ने थिएन।’

त्यसपछि जेलेन्स्कीले छिमेकी राष्ट्रहरूलाई युक्रेनलाई युरोपेली संघमा समावेश गर्न आग्रह गरे। उसले यो काम गर्न ढिलो नगर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP