मंगलबार , बैसाख २९, २०८३

नेपालमा अवैध रहेको हुन्डीमार्फत लाखौ डलर ठगी गरेको आरोपमा मेलबर्नका एक नेपालीलाई अदालतले जेल सजाय तोकेको छ।

मेलबर्न बस्दै आएका नेपाली युवा भरत केसीले विभिन्न ४० व्यक्तिको २ लाख डलरभन्दा बढी रकम ठगी गरेको पुष्टी भएपछि भिक्टोरिया काउन्टी अदालतले उनलाई ४६ महिना जेल सजाय सुनाइएको हो।

केसी पछिल्लो डेढ वर्षदेखि ठगिको ओरोपमा प्रहरी हिरासतमा छन्। अदालतको आदेशसँगै उनलाई प्रहरी हिरासतबाट जेल चलान गरिएको छ।

भिक्टोरिया काउन्टी कोर्टका न्यायाधीशले केसीको अपराधले थुप्रै परिवार प्रभावित भएको भन्दै समाजमा उनको अपराध क्षम्य नहुने भन्दै सजाय सुनाएका हुन्।

ठगिएको रकम फिर्ताका लागि पीडितले अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दाबी गर्न सक्ने भएका छन्।

अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले त्यस कुराको पृष्टी हुन नसकेको भन्दै सजाय तोकेका हुन्।

अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा सजाय पूरा भएपछि मुलकबाट अनिवार्य डिपोर्ट हुने नियम छ।

पीआरनै भए पनि यस्तो अपराध र जेलसजायपछि स्वतः रद्द हुने र स्वदेश फर्काइदिने नियम अष्ट्रेलियाको कानुनमा छ। यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ।

केसीले अधिकांश नेपाली विद्यार्थीलाई ठगेका थिए। तीमध्ये कतिपयको ३० हजार डलरभन्दा बढी रकम ठगी गरेका छन्।

करिब दुई वर्षअघि भिक्टोरियाका नेपाली समूदायबीच उनले सबै रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरे पनि निजले ठगी धन्दा कायमै राखेका थिए।

त्यसपछि उनीविरूद्ध प्रहरीमा मुद्दा दायर गरिएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रूपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको हो।

ठगी काण्डको पर्दाफास गर्ने अभियानमा लागेका एक पीडितले केसी जेल गएपछि आफूले केही राहतको सास फेरेको बताए।

‘मेरो २५ लाख पाउनुपर्ने छ। हेरौं के हुन्छ’, उनले भने,‘ढिलै भए पनि उनलाई जेल सजाय दिलाउन पाउँदा खुसी लागेको छ।’

उनले हुन्डी र ठगी जस्तो प्रवृत्ती रोक्न नेपाली समुदाय अगाडि आउनुपर्नेमा जोड दिए।

@setopati

Pic source : Payru

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP