मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको डार्विनमा बस्दै आएका संगीत प्रेमी नेपाली माझ चिर परिचित कार्यक्रम को नाम हो ठमेल नाइट्स। आहिले सम्म आइपुग्दा सात पटक कार्यक्रमको आयोजना गरि सकेको ठमेल नाइट्स आठौ इभेन्ट आफ्ना दर्सक श्रोता माझ रमाइलो र आहिले सम्मकै धेरै सहभागिता गरेर भब्य रुपमा मनाउने योजनामा छ।

२५  मार्च  २०२२  मा हुन् लागेको यो इभेन्टमा साथ दिने सम्पूर्ण आगन्तुकको लागि मात्र १० $ इन्ट्री फी  राखिएको छ। थोरै केहि दर्शक श्रोता बाट सुरु गरेको पहलो इभेन्ट देखि हाउस फुल इभेन्ट सम्मको यात्रा तय गरेको ठमेल नाइट्सले नेपाली ख्याती प्राप्त DJ, कलाकार देखि डार्विनमा रहेका स्थानीय कलाकारलाई पनि स्थान दिदै आएको छ। नेपालीले आयोजना गरेको यो इभेन्ट डार्विनमा सबै भन्दा धेरै नेपालीको सहभागिता हुने कार्यक्रमको रुपमा चिनिन्छ।

ठमेल नाइट्सका आयोजक बिबेक ढकाल भन्छन, पेंडेमिक को कारणले केहि समय आगाडीनै  हुने भनिएको यो कार्यक्रम केहि समयको लागि पोस्टपोंड़ गरिएको थियो, तर अब २५ मार्चमा आहिले सम्मकै धेरै दर्शक स्रोताको सहभागिता गराउने उदेस्यले यो इवेन्टको आयोजना गरिएको छ। Discovery Darwin, 89 Mitchell Street मा हुन लागेको ठमेल नाइट्सको गेट रातिको ८ बजे बाट खुल्ने।  सबै लाइ निम्तो दिन चाहन्छु।  

संगीत प्रेमी सबै नेपालीलाइ २५  मार्चको रात, ठमेल नाइट्सको साथ भन्दै DJ Nutcase  ले फ्लोरमा तताउने योजना छ।

उक्त कार्यक्रमको मिडिया पार्टनरमा पुराखबर अनलाइन र NDTV Darwin रहेका छन् भने आयोजकमा NB Automobile, Territory Auto Spare parts, Everest Automotive र Kangaroo global रहेका छन्  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP