शुक्रबार , भाद्र १२, २०८३

मुम्बई : विवेक अग्निहोत्रीको निर्देशनमा बनेको चलचित्र ‘द कश्मीर फाइल्स’ एक सय करोड क्लबमा प्रवेश गरेको छ। बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको चलचित्रले रिलिजको आठौं दिनमा सय करोड आम्दानी गरेको हो।

आठौं दिनको आम्दानीमा ‘द कश्मीर फाइल्स’ले अमिर खानको दंगललाई पनि पछाडि छाडेको छ। आठौं दिन ‘द कश्मीर फाइल्स’ले १९.१५ करोड आम्दानी गरेको छ। दंगलले रिलिजको आठौं
दिनमा १८.५९ करोड मात्रै आम्दानी गरेको थियो।

आठौं दिनमा सर्वाधिक आम्दानी गर्ने चलचित्र ‘बाहुबली–२’ हो। यस चलचित्रले रिलिज भएको आठौं दिनमा १९.७५ करोड आम्दानी गरेको थियो। यससँगै ‘द कश्मीर फाइल्स’ अलटाइम ब्लकब्लस्टर्सको सूचीमा पनि सूचीकृत भएको छ। यो चलचित्रले शुक्रबार १९.१५ करोड कमाएको थियो। यसले अहिलेसम्म भारतीय बजारमा ११६.४५ करोड आम्दानी गरिसकेको छ।

यस चलचित्रले दोस्रो सातामा १५० करोडको आँकडा छुने विश्वास गरिएको छ। चलचित्रको अग्रीम बुकिङ अहिले पनि जोडतोडले चलेकाले यसले १५० करोडको आँकडा छुने विश्वास गरिएको हो। ‘द कश्मीर फाइल्स’ तमिल, तेलगू, कन्नड, मलयालम भाषामा पनि डबिङ गरिएको छ। यसले पनि यसको ब्यापार अझै बढ्ने विश्वास गरिएको छ।

यस चलचित्रले सबैभन्दा बढी स्क्रिन दोस्रो सातामा पाएको छ। पहिलो दिन ६३० स्क्रिनमा लागेको ‘द कश्मीर फाइल्स’ आठौं दिनमा चार हजार बढी स्क्रिनमा लागेको थियो। यो चलचित्र नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन्।

सन् १९९० मा कश्मीरबाट पलायन भएका कश्मीरी पण्डितबारे बनाइएको यस चलचित्रलाई सत्तारुढ भारतीय जनता पार्टी सरकारले प्रशंसा गरेको छ। चलचित्रमा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीलगायतका कलाकारको अभिनय छ। चलचित्रलाई सौरभ पाण्डेयले लेखेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP