मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमण जाँदै छ । हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।

चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा जान लागेको हो । उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ । उनीहरु सीपीसीको निमन्त्रणामा जान लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।

पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो । यसअघि एमाले र सीपीसीबीच भ्रमण आदनप्रदानका कार्यक्रमहरु हुने गर्थे । पछिल्लो समय नेपालमा अमेरिकासँगको एमसीसी सम्झौताको विषयलाई लिएर चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको छ । यी सबै घटनाक्रमको सन्दर्भ चलिरहेको बेला एमालेको टोली चीनतर्फ जान लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP