मंगलबार , अषोज २७, २०८३

यो बर्षको पहिलो स्थानसँगै, फिनल्याडले सबैभन्दा खुशी मुलुकको रुपमा लगातार पाँचौ पल्ट यो उपाधि हात पार्न सफल भएको छ।

उता नेपाल भने सबैभन्दा खुशी राष्ट्रहरुको तालिकामा ८५औं स्थानमा आए पनि दक्षिण एसियाली मुलुकहरुको बीचमा भने पहिलो स्थानमा परेको छ।

यस रिपोर्टका अनुसार, नेपालको छिमेकी मुलुकहरु मध्ये- बाङ्गलादेश ९४औं स्थानमा रहेको छ भने, भारत भने तालिकामा १३६औं स्थानमा परेको छ।

नेपालको उत्तरको छिमेकी चीन भने ७२औं स्थानमा रहेको छ।

फिनल्याण्डसँगै तालिकाको पहिलो पाँचमा यरोपिय महादेशका डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड परेका छन्।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्नु अघि यस तालिकाको लागि तथ्यांकहरु संकलन गरिएको यसका प्रकाशकहरुले जानकारी दिएका छन्।

फिनल्याण्डको पूर्वी छिमेकीको रुपमा रुस रहेको छ।

यस पछिल्लो तथ्यांकको अनुसार, तुलनात्मक रुपमा सन्तोष र खुशीको सूचांकहरुमा प्रगति गर्ने मुलुकहरुमा बुल्गेरिया, रोनामिया र सर्बिया परेका छन्।

तर केहि देशहरुमा भने असन्तोषका सूचांकहरु बढेर गएको छन्- जस्तै लेबनान, अफगानिस्तान र भेनेजुयला।

अफगानिस्तानमा तालिबानको सरकारको पुनर्स्थापना र लेबनानको बिग्रदो आर्थिक अवस्थाले यसलाई इंगित गरेको यस रिपोर्टबाट प्रष्ट देखिएको छ।

द वर्ल्ड ह्यापिनेश रिपोर्टको रुपमा प्रकाशित हुने विभिन्न राष्ट्रहरुलाई दर्जा दिने यस तालिका गत दश बर्षदेखि प्रकाशित हुँदै आएको छ।

विभिन्न देशहरुलाई यस तालिकामा सुचिकृत गर्नका लागि- ति मुलुकहरुको आर्थिक र सामाजिक सुचनाहरुको अन्वेषण गरिन्छ र बिगत तिन बर्षको औषत लिएर विभिन्न दर्जा दिइन्छ।

यसपल्टको रिपोर्टमा १४६ देशहरुको सूचनाहरु संकलन गरिएको थियो।

यता अस्ट्रेलिया भने गत बर्षझै १२औं स्थानमा रहेको छ।

न्युजिल्याण्ड भने अस्ट्रेलियाभन्दा एक स्थान माथि रहेको छ।

अमेरिका र बेलायत भने क्रमश: १६औं र १७औं स्थानमा रहेका छन्।

सर्वसाधारणमा रहेको सन्तोषको भावनाका साथै उनीहरु रहेको देशको औसत आम्दानी, उपलब्ध सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टचारको प्रकोप लगायतका सूचनाहरुलाई पनि यस तालिका निर्माणका क्रममा, ध्यानमा दिईन्छ।

फिनल्याण्डले पहिलो स्थान पाउनु कुनै नौला कुरा नरहेको त्यहाँ स्थानियहरुले उल्लेख गरेका छन्।

हरियो वन र तलाउ लगायतका प्राकृतिक सम्पदाले सिंगारिएको फिनल्याण्डमा बलियो सुशासनका साथै भरपर्दो सामाजिक सहयोग पनि उपलब्ध रहेको छ।

सन् २०१८ देखि सबैभन्दा खुशी मुलुकको रुपमा फिनल्याण्ड चिनिदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP