शनिबार , भाद्र १३, २०८३

दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ । विवरणहरु अनुसार ६ ओटा रकेटहरू सो क्षेत्रमा प्रहार भएका थिए ।

‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा २०० भन्दाकम सिपाही सुतेका थिएनन्’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् ।

‘कम्तीमा ५० शवहरु निकालिएका छन् । तर, भग्नावशेषमुनि कति छन् थाहा छैन’, उनले भने । अर्का सिपाही येभगेनीका अनुसार ब्यारेक हमलामा १०० जना मारिएका हुन सक्छन् । मृत्युबारे अहिलेसम्म आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

युक्रेनी अधिकारीहरूका अनुसार ओडेसाको प्रमुख रणनीतिक सैन्य बन्दरगाहको ‘ढाल’ को रूपमा वर्णन गरिएको माइकोलिभले रूसी आक्रमणको प्रतिरोध गर्दै आएको थियो । यसैबीच, युक्रेनको आक्रमणको २४औं दिनमा रुसी सेनाले युक्रेनका हातहतियार भण्डारहरूलाई लक्षित गर्दै धेरै शहरहरूमा आक्रमण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP