शनिबार , बैसाख ६, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत आजबाट पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शवबहानका चालकलाई खोप लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका अनुसार आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिईने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । अन्य जिल्लाहरुमा भने स्वास्थ्य कार्यालयको समन्वयमा तोकीएको स्थानमा खोप लगाउने प्रबन्ध मिलाईएको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाने पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर खोप केन्द्र जान मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । सुचना बिभागका अनुसार बिभागमा दर्ता भएका देशभरका करिब १३ हजार पत्रकार रहेका छन् ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP