मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का नेता केशव बडालले माधवकुमार नेपालको समूहबाहेक सबै दलसँग गठबन्धन गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीले हस्तक्षेप गर्दैन । मतदाता र कमरेडहरुको भावना हेरेर गर्छौं । स्थानीय तह अनुसार कुन पालिकामा के गर्ने भनेर माथिबाट फाइनल गर्दैनौं । जसले निर्णय गर्ने हो, उसले महसुस गरे गठबन्धन हुने हो । तर माधव नेपाल गु्रुपबाहेक अरुसँग गठबन्धन खुला छ । अहिले सबै वडा र पालिकामा निर्वाचनको युद्धस्तरमा तयारी छ । हामी गठबन्धनमा अलमलिएर बस्दैनौं ।”

माधव नेपाललाई किन छोइछिटो भन्ने प्रश्नमा बडालले थपे, “माधव नेपाल ‘ए हजुर मेरो पार्टीको अध्यक्षलाई सरकारबाट हटाउनुस्’ भनेर ग्वाँग्वाँ रुँदै बुढानीलकण्ठ गएको होइन ? त्यति पतन भइसकेको देशद्रोही मान्छेका लागि समय र श्रम किन खर्च गर्ने ? झलनाथ खनाल केपी ओलीको बाकसमा जिरो मत पर्छ भन्दै हुनुहुन्छ । दिल्लीमा उपचार गर्न जाँदा र फर्कंदा किन यति अन्तर भयो ?”
प्रचण्डले राजाकहाँ अधिकार बुझाउन जनयुद्ध गरेको आरोप पनि बडालले लगाए । उनले भने, “पञ्चायतमा किन जनयुद्धमा जानु भएन । उहाँ कम्युनिस्टले एकल सरकार चलाउँदा चलाउँदै युद्धमा जानुभयो । हाम्रा ५ सय कमरेडहरु मारिनुभयो । उहाँले किन जनयुद्ध गर्नुभएको रहेछ भन्ने त देखियो नि ।”

चिनियाँ विदेश मन्त्री वाङको भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बन्ने विश्वास उनले व्यक्त गरे । उनले भने, “चीनसँग हाम्रो १४०८ किलोमिटर भूभाग जोडिएको छ । विश्व शान्ति र समृद्धिका लागि चिनियाँ भूमिका छ । त्यसैले समृद्ध नेपाल सुखी नेपाली बनाउन रक्सौलबाट काठमाडौं र उत्तरबाट काठमाडौं रेलवे जोडिनु आवश्यक छ । तर हामीसँग ऋण लिएर रेलवे बनाउने हैसियत छैन । त्यसैले चीनले उत्तरबाट काठमाडौं जोडिने रेलवेका लागि अनुदान दिनुपर्छ । हाम्रो विकास चीनको पनि विकास हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP