सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन् ।

जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’

‘देशभरिको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर जाँदैछौं,’ प्रचण्डले अगाडि भने, ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने, बीचमा हामीले गल्ती गरेछौं भन्ने रियलाइजेसन भएको छ ।’

अबको चुनावमा आफ्नै बलमा चुनाव लड्ने उनले बताए । प्रचण्डले भने, ‘अबको चुनावमा हामी बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं ।’

चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उनले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताए । यद्यपि धेरै कुरा कांग्रेसमा भर पर्ने पनि उनले बताए ।

३ चैतमा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर बोलेकोबारे पत्रकारहरुको जिज्ञासामा उनले अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको बताए । त्यो कुरा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको प्रष्टीकरण प्रचण्डले दिए ।

प्रचण्डले भने, ‘एकजना गुरुङ छन् नि (धनराज गुरुङ) हात्तीको कानमा चमेरा कि के भनेका छन्, यस्तै भाषा के, बडो सुन्नै गाह्रो । तिनलाई भनेको हो, त्यस्तालाई भनेको हो । त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ तर अहिले हामीले त्यता सोचेका छैनौं । अहिले यो गठबन्धनलाई नै लिएर जाने हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP