आइतबार , जेठ २६, २०८२

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले संघर्ष र टकराव कसैको पनि हितमा नभएको बताएका छन् । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो कुराकानीमा सीले ‘राष्ट्र-राष्ट्र बीचको सम्बन्ध सैन्य संघर्षमा जान नहुने’ बताएका हुन् ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बाइडेनसँगको कुराकानीमा सीले संघर्ष र टकरावले कसैको पनि हित नहुने बताएका हुन् । ‘राष्ट्र-राष्ट्रको सम्बन्ध सैन्य संघर्षमा जान हुँदैन । संघर्ष र टकराव कसैको पनि हितमा छैन । शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा ठूलो गहना हो,’ सीको भनाइ उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

चिनियाँ राष्ट्रपति सीले शान्ति स्थापनाको उत्तरदायित्व अमेरिका र चीनको भएको पनि उल्लेख गरेका छन् । विश्वमा अहिले विभिन्न टकराव देखिइरहेको उल्लेख गर्दै सीले बाइडेनसँग भनेका छन्, ‘अहिले विश्व न शान्तिपूर्ण छ न शान्त । युक्रेनमा जे संकट देखा परेको छ, त्यो हामीले हेर्न चाहेको कुरा होइन ।’ संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएकाले पनि अमेरिका-चीनले द्विदेशीय सम्बन्धलाई सही बाटोमा डोर्‍याउने मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति स्थापनाका लागि पनि भूमिका खेल्नुपर्ने सीले बताएका छन् ।

सी र बाइडेनबीच करिब १ घण्टा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन-रुस द्वन्द्व चर्किरहेका बेला विश्वका दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिबीच भएको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा ‘पर्ख र हेर’ रणनीति अपनाइरहेको र यसले पश्चिमसँगको सम्बन्धमा असर पर्ने बताइरहेका बेला सी र बाइडेनबीच कुराकानी भएको हो ।

यसैबीच मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले रुसी आक्रमण सुरु भएयता युक्रेनमा ८ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ । धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको पनि कार्यालयले जनाएको छ । शुक्रबार कार्यालयले जनाएअनुसार १५२, पुरुष ११६ महिलाका साथै ३६ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४८९ जनाको भने लिंग नखुलेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP