मंगलबार , अषोज २७, २०८३

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले संघर्ष र टकराव कसैको पनि हितमा नभएको बताएका छन् । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो कुराकानीमा सीले ‘राष्ट्र-राष्ट्र बीचको सम्बन्ध सैन्य संघर्षमा जान नहुने’ बताएका हुन् ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बाइडेनसँगको कुराकानीमा सीले संघर्ष र टकरावले कसैको पनि हित नहुने बताएका हुन् । ‘राष्ट्र-राष्ट्रको सम्बन्ध सैन्य संघर्षमा जान हुँदैन । संघर्ष र टकराव कसैको पनि हितमा छैन । शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा ठूलो गहना हो,’ सीको भनाइ उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

चिनियाँ राष्ट्रपति सीले शान्ति स्थापनाको उत्तरदायित्व अमेरिका र चीनको भएको पनि उल्लेख गरेका छन् । विश्वमा अहिले विभिन्न टकराव देखिइरहेको उल्लेख गर्दै सीले बाइडेनसँग भनेका छन्, ‘अहिले विश्व न शान्तिपूर्ण छ न शान्त । युक्रेनमा जे संकट देखा परेको छ, त्यो हामीले हेर्न चाहेको कुरा होइन ।’ संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएकाले पनि अमेरिका-चीनले द्विदेशीय सम्बन्धलाई सही बाटोमा डोर्‍याउने मात्र नभएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति स्थापनाका लागि पनि भूमिका खेल्नुपर्ने सीले बताएका छन् ।

सी र बाइडेनबीच करिब १ घण्टा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन-रुस द्वन्द्व चर्किरहेका बेला विश्वका दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिबीच भएको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा ‘पर्ख र हेर’ रणनीति अपनाइरहेको र यसले पश्चिमसँगको सम्बन्धमा असर पर्ने बताइरहेका बेला सी र बाइडेनबीच कुराकानी भएको हो ।

यसैबीच मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयले रुसी आक्रमण सुरु भएयता युक्रेनमा ८ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ । धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको पनि कार्यालयले जनाएको छ । शुक्रबार कार्यालयले जनाएअनुसार १५२, पुरुष ११६ महिलाका साथै ३६ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४८९ जनाको भने लिंग नखुलेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP