शुक्रबार , भाद्र १२, २०८३

२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नुपरेको बताएका छन् ।

नेपाल-भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन् ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौं, हाम्रो हो,’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ ।’

अबका दिनमा सीमाका विषयमा तथ्य प्रमाणसहित वार्तामा जाने बताउँदै प्रधानमन्त्री ओलीले सिमाना हेर्ने राष्ट्रसेवक तथा सिमानाको सुरक्षा खटिनेलाई भूमि मिचिनबाट रोक्नेतर्फ विशेष ध्यान पुर्याउन निर्देशन दिए । भूमिको मामिला निकै संवेदनशील भएकाले सीमा सुरक्षासँग सरोकारवाला निकाय निकै सजग र सचेत हुनुपर्ने उनले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसँग मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, ‘हाम्रा भू-भाग फिर्ता लिनुपर्छ, सत्य र तथ्यमा आधारित भएर चल्नुपर्छ ।’

सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले सीमा सुरक्षा नभए राष्ट्रको सुरक्षा नहुने बताए ‘राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौं,’ उनले भने ।

नेपालको तराई क्षेत्रका बस्तीभन्दा पनि यता सीमास्तम्भ ल्याइएको घटनाको प्रसंग उल्लेख गर्दै उनले भने, ‘रिफरेन्स सीमास्तम्भलाई वास्तविक सीमास्तम्भ मान्न सकिन्न । हामीले हाम्रो भू-भागको सुरक्षाका लागि जिम्मेवार ढंगबाट पहल गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP