मंगलबार , अषोज २७, २०८३

बलिउड अभिनेता सलमान खान चाँडै साउथ सुपरस्टार चिरञ्जीवीसँग साउथ फिल्म ‘गडफादर’मा देखिँदैछन् । यसमा उनको केमियो भूमिका छ । चिरञ्जीवीसँगको घनिष्ट मित्रताका कारण उनी यो फिल्ममा काम गर्न तयार भएका हुन् । जब मित्रता निभाउने कुरा आउँछ तब बलिउडमा सलमानभन्दा राम्रो साथी अरु हुन सक्दैन । र, यसपटक फेरि उनले यो कुरा सावित गरेका छन् ।

सलमानले ‘गडफादर’मा आफ्नो स्पेशल केमियोका लागि छायांकन सुरु गरिसकेका छन् । तर, उनले यो फिल्ममा काम गर्न पारिश्रमिक लिएका छैनन् । केमियोका लागि फिल्मका निर्माताले सलमानलाई २० करोडसम्म दिने तयारी गरेका थिए । तर, सलमानले पारिश्रमिक लिन ठाडै अस्वीकार गरे । उनले आफूलाई पारिश्रमिक दिए फिल्ममा कामै नगर्ने अडान कसेका थिए ।

सलमानले पारिश्रमिकको विषयमा चिरञ्जीवीसँग भनेको कुरा उदृत गर्दै स्रोतले भनेको छ, ‘यदी मैले मेरो फिल्ममा एक स्पेशल केमियो गर्न आग्रह गरे भने तपाईं पारिश्रमिक लिनु हुन्छ ?’ सलमानको यो कुराले चिरञ्जीवी निशब्द भएको भारतीय मिडियाले उल्लख गरेका छन् । ‘गडफादर’मा सलमानको २० मिनेटको रोल रहेको र एक हप्तासम्म मुम्बईमा छायांकन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP