मंगलबार , बैसाख २९, २०८३

एजेन्सी, काठमाडौं । यस वर्षको विश्व सुन्दरी ताज पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै बेलावस्काले उपाधि जितेकी हुन् ।

आज बिहान अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमार्फत बेलावस्का विजेता घोषित भएकी हुन् । विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी पोल्यान्डकी क्यारोलिना बेलावस्काले अहिले स्नातकोत्तर गर्दैछिन् । आयोजकका अनुसार पीएचडी गर्ने उनको योजना रहेको छ । मोडलिङ समेत गरिसकेकी उनी पछिल्लो समय कलाकारितामा जम्न थालेको बताइएको छ ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भएका छन् । यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम १२ मा छनौट हुनबाटै रोकिएकि छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP