
ब्रिजबेन। न्युजिल्याण्डले अष्ट्रेलियाका पर्यटकका लागि आफ्नो सिमाना खुल्ला गर्ने भएको छ । कोरोना विरूद्धको पूर्ण डोज खोप लगाएका अष्ट्रेलियाका पर्यटकका लागि न्युजिल्याण्डले सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।
सुरूवाती चरणमा अप्रिल १२ बाट अष्ट्रेलियाका पर्यटकहरूका लागि सिमाना खुल्ला गर्ने तयारी गरिएको छ । यसभन्दा अघि २०२२ को जुलाइ महिनाबाट मात्रै सिमाना खुल्ला गर्ने भनिएकोमा तीन महिना अघि नै प्रतिबन्ध हटाइएको हो । न्युजिल्याण्डले यसअघि नै अप्रिल १२ देखि नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सिमाना खोल्ने निर्णय गरिसकेको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले अष्ट्रेलियाका पर्यटकहरू अप्रिल १२ देखि नै प्रवेश पाउने भएता पनि अरू मुलुकका नागरिकका लागि भने मे १ देखि मात्रै सिमाना खुला गरिने जानकारी दिनुभएको छ ।