सोमबार , बैसाख ८, २०८२

पञ्जाबमा कांग्रेसको प्रदेश अध्यक्ष नवजोत सिंह सिद्धूले राजीनामा दिएका छन् । राजीनामाको चिट्ठी उनले आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गरेका छन् ।

उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म अध्यक्ष पदबाट राजिनामा दिइरहेको छु ।’

यसअघि पाँच राज्यको विधानसभा चुनावमा कांग्रेसको हारपछि सोनिया गान्धीले प्रदेश कांग्रेस कमिटीको अध्यक्षबाट राजीनामा मागेका थिए ।

कांग्रेस प्रवक्ता रणदीप सुरेजावालाले ट्वीट गरेर भनेका थिए, ‘कांग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरका पीसीसी अध्यक्षलाई पीसीसी (प्रदेश कांग्रेस कमेटी) को पुनर्गठनका लागि आफ्नो राजीनामाको माग गरेकी छिन् ।’

सोनियाले भनेपछि नवजोत सिंह सिद्धूबाहेक उत्तराखण्ड प्रदेश कांग्रेस अध्यक्ष गणेश गोदियालले पनि आफ्नो राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP