मंगलबार , बैसाख २९, २०८३

नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइपीको दौड रोचक देखिएको छ । बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् ।

एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक पनि भावी आइजीपीको दाबेदार बनेका छन् । उनीहरु एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् ।

आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण घर जाँदैछन् । अहिलेको प्रहरीको ३० वर्षे नियमावली अनुसार आइजीपी क्षेत्रीसँगै एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की पनि सेवानिवृत्त हुनेछन् । १ चैत्रमा एआइजी बढुवामा सिफारिश भएका वसन्त पन्त पनि ३० वर्षे सेवा अवधिका कारण घर जानेछन् ।

एआइजीहरुमध्ये हाल एक नम्बरमा रहेका विश्वराज पोखरेल, सहकुल थापा र धीरज प्रताप सिंहबीच प्रतिष्पर्धा हुने देखिन्छ । रविन्द्र धानुक पनि प्रतिष्पर्धामा देखिनेछन् ।

पोखरेल र थापाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बढुवाको अवसर पाएका थिए । दरबन्दी समेत बढाएर उनीहरुलाई बढुवा गरिएको थियो । धीरज प्रताप सिंहले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दरबन्दी बढाएर बढुवाको अवसर पाउन लागेका छन् । यसकारण उनलाई देउवाको साथ रहेको देखिन्छ ।

सिंह सुदूरपश्चिमका हुन् । देउवाले आफ्नो क्षेत्रकालाई निकै संरक्षण गर्ने शैली देखाउँदै आएका छन् । विगतमा जयबहादुर चन्दलाई आइजीपी बनाउन देउवाले ठूलै संघर्ष गरेका थिए । त्यतिबेला उनी डिआइजी हुँदा तेस्रो वरियतामा थिए ।

स्थानीय निकायको चुनाव ३० वैशाखमा हुने भएकाले अब हुने आइजीपीको कार्यकाल महत्वपूर्ण हुनेछ । अबको आइजीपीको पालामा तीन तहको चुनाव हुँदैछ । यसकारण पनि आइजीपीमा देउवाले आफूले चाहेको एआइजीलाई बढाउन सक्छन् । सिंह यसकारण पनि उत्साही रहेको बुझिएको छ । उनलाई बालुवाटारबाट ग्रिन सिग्नल पुगिसकेको विश्वस्त स्रोतले जनाएको छ ।

आइजीपीको बलिया दाबेदार विश्वराज पोखरेल पनि अहिले देखि नै सक्रियता बढाइरहेका छन् । उनी डिआइजी र एआइजी हुँदा आफ्ना ब्याचीमध्ये सर्वप्रथम बढुवा भएका थिए । उनले सिनियरहरुलाई नै पछि पारेका थिए । सहकुल थापाले पनि सिनियरलाई पछि पारेका थिए । यसकारण आइजीपीको दौड रोचक मोडमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP