आइतबार , जेठ २६, २०८२

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा संख्या बच्चाहरुको रहेको छ । लडाइ सुरु भएपछि प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनिरहेको युनिसेफको भनाई छ ।

कयौं बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएको समेत बताइएको छ । बालबालिका लिएर देशबाट बाहिरिँदा उनीहरुका अभिभावकहरूमा समेत तनाव हुने गरेको छ । बालबालिकाहरूलाई उनीहरुले बिदामा गइरहेको भनेर सम्झाइरहेका दृश्यहरु समेत देखिन्छन् ।

रुसी हमलापछि युक्रेनका ४.४ करोड नागरिकमध्ये करिब ३० लाखले देश छोडेका छन् । ९ वर्षकी भेरोनिका लोतोवा युक्रेनको डानबास क्षेत्रबाट बाहिर निक्लेर छिमेकी देश पोल्याण्ड पुगिन् । उनले आफ्नो साथमा खेलौना (भालु) लिएर आएकी छन् । भोरोनिका आफ्नो हजुरबा र हजुरआमाको साथमा एक टिभी शो हेर्छिन्, जसमा भालुको चरित्रको नाम भोलोडा हो । तर उनका हजुरबा र हजुर आमाले भने युक्रेन छोडेका छैनन् ।

उनको परिवारले युद्ध सुरु हुनुभन्दा पहिले नै हजुर बा र हजुर आमालाई बाहिर निकाल्ने कोशिश गरेको थियो । तर उनीहरुले देश छोड्ने फैसला गरेनन् । भेरोनिकाको आमालाई उनको हजुरबा र हजुर आमा तथा भेरोनिकाका पिता बम हमलामा बच्न सक्दैनन् भन्ने चिन्ता लागेको छ ।

उता, अर्की बालिका डायनालाई आफ्नो जन्मदिनको रात शरणार्थी घरमा बिताउनुपरेको थियो । सुमी शहरमा बस्ने डायना उक्त दिन ७ वर्षको भएकी थिइन् । जुन दिन रुसी सैनिकले उनको शहर सुमीमा गोलाबारी सुरु गरे । त्यस दिन उनको जन्मदिन थियो ।

त्यसबेला डायनाले शरणार्थी शिविरमा रात बिताउन बाध्य भइन् । केही दिनपछि उनी आफ्नी आमा र ११ वर्षकी बहिनीका साथ पश्चिमी युक्रेनका लागि रेलमा सवार भइन् । उनका पिता रुसी हमलामा घाइते भएका छन् । त्यसैले उनका पिता सँगै आउन सकेनन् । घाइते श्रीमानलाई छाडेर साना छोरीहरुलाई लिएर हिँड्नुपर्दा उनकी आमाका आँखा आँसु टिल्पिलाएको प्रस्टै देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP