मंगलबार , बैसाख २९, २०८३

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा संख्या बच्चाहरुको रहेको छ । लडाइ सुरु भएपछि प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनिरहेको युनिसेफको भनाई छ ।

कयौं बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएको समेत बताइएको छ । बालबालिका लिएर देशबाट बाहिरिँदा उनीहरुका अभिभावकहरूमा समेत तनाव हुने गरेको छ । बालबालिकाहरूलाई उनीहरुले बिदामा गइरहेको भनेर सम्झाइरहेका दृश्यहरु समेत देखिन्छन् ।

रुसी हमलापछि युक्रेनका ४.४ करोड नागरिकमध्ये करिब ३० लाखले देश छोडेका छन् । ९ वर्षकी भेरोनिका लोतोवा युक्रेनको डानबास क्षेत्रबाट बाहिर निक्लेर छिमेकी देश पोल्याण्ड पुगिन् । उनले आफ्नो साथमा खेलौना (भालु) लिएर आएकी छन् । भोरोनिका आफ्नो हजुरबा र हजुरआमाको साथमा एक टिभी शो हेर्छिन्, जसमा भालुको चरित्रको नाम भोलोडा हो । तर उनका हजुरबा र हजुर आमाले भने युक्रेन छोडेका छैनन् ।

उनको परिवारले युद्ध सुरु हुनुभन्दा पहिले नै हजुर बा र हजुर आमालाई बाहिर निकाल्ने कोशिश गरेको थियो । तर उनीहरुले देश छोड्ने फैसला गरेनन् । भेरोनिकाको आमालाई उनको हजुरबा र हजुर आमा तथा भेरोनिकाका पिता बम हमलामा बच्न सक्दैनन् भन्ने चिन्ता लागेको छ ।

उता, अर्की बालिका डायनालाई आफ्नो जन्मदिनको रात शरणार्थी घरमा बिताउनुपरेको थियो । सुमी शहरमा बस्ने डायना उक्त दिन ७ वर्षको भएकी थिइन् । जुन दिन रुसी सैनिकले उनको शहर सुमीमा गोलाबारी सुरु गरे । त्यस दिन उनको जन्मदिन थियो ।

त्यसबेला डायनाले शरणार्थी शिविरमा रात बिताउन बाध्य भइन् । केही दिनपछि उनी आफ्नी आमा र ११ वर्षकी बहिनीका साथ पश्चिमी युक्रेनका लागि रेलमा सवार भइन् । उनका पिता रुसी हमलामा घाइते भएका छन् । त्यसैले उनका पिता सँगै आउन सकेनन् । घाइते श्रीमानलाई छाडेर साना छोरीहरुलाई लिएर हिँड्नुपर्दा उनकी आमाका आँखा आँसु टिल्पिलाएको प्रस्टै देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP