सोमबार , अषोज २६, २०८३

काठमाडौं, माघ २५ ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ।
ओली नेतृत्वको नेकपाकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले राम र सीताको मूर्ति तयार भइसकेको जानकारी दिइन्।

उनले शनिबार सो क्षेत्रका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति देखाएको बताइन्।

‘अयोध्यापुरी नेता तथा जनप्रतिनिधिहरु शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्न गएका थियौँ। राम र सीताको मूर्ति बालुवाटारमा आइसकेको रहेछ’ सांसद् रावलले भनिन्, ‘प्रधानमन्त्रीले हामीलाई मूर्ति देखाउनु भयो। उहाँले लक्ष्मण र हनुमानको मूर्ति पनि तयार हुने जानकारी गराउनु भएको छ।’

प्रधानमन्त्री निवास बालुवाटार राखिएको मूर्ति को कलाकारले कति रकममा निर्माण गरेका हुन भन्नेबारेमा केही खुलाइएको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही समयमै यसबारे जानकारी दिने बताए।

‘मूर्तिहरु निर्माण भइरहेका छन्। प्रधानमन्त्रीज्यूले स्थानीय नेता तथा जनप्रतिनिधिहरुलाई मूर्ति देखाउनु भएको हो’, सल्लाहकार थापाले भने, ‘मूर्ति निर्माणको लागतसहितका विषयको थप जानकारीहरु कार्यक्रममा दिनेछौँ।’

प्रधानमन्त्री ओलीले माघ १७ गते चितनवमा आयोजित कार्यक्रममा पनि सो कुरा उठाएका थिए। सो क्षेत्रबाट निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय नउठाएको भन्दै ओलीले प्रचण्डको कडा आलोचना गरेका थिए।

प्रधानमन्त्री ओलीले गत असारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान रामको जन्म ठोरीमा भएको बताएका थिए। उनले रामको जन्मभूमि अयोध्या ठोरीमै भएको दावी गरेका थिए।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतमा भने आलोचना भएको थियो। भारतीयहरुले उत्तरप्रदेश राज्यको अयोध्यामा भएको बताउँदै आएको छन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनालाई आघात गर्नका लागि नदिएको भन्दै बचाऊ गरेको थियो। भारतसँग सीमाको विषयमा तनाव बढीरहेको समयमा प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्तिले झनै समस्या पार्ने विश्लषण त्यस समयमा भएको थियो ।

प्रधानमन्त्री ओलीले साउनको अन्तिम साता स्थानीय तहको प्रतिनिधिहरुलाई भेट्दै सो क्षेत्रको विकासका लागि सरकारले पूर्ण सहयोग हुने बताएका थिए।

प्रधानमन्त्री ओलीसँगको भेटपछि नगरपालिकाले सो क्षेत्रमा राम मन्दिर निर्माण गर्ने भन्दै जग्गा समेत खोजेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP