शनिबार , भाद्र १३, २०८३

अष्ट्रेलियाको मेलबर्नमा गएराति भएका तीन छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालीहरुको बसोबास रहेको क्षेत्र कोबर्गको एलिजावेथ स्ट्रीटमा गएराति साढेदुई बजे एक किशोरलाई अन्य व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गर्दा निजको घटनास्थलमै ज्यान गएको छ । ईमर्जेन्सी सेवाका सदस्यहरुले निजलाई घाइते अवस्थामा घटनास्थलमै उपचार गर्दागर्दै निजको निधन भएको हो । यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यस्तै अर्को घटनामा राति करिब सवा तीन बजे डकल्याण्डस्थित बर्कस्ट्रिटमा भएको दुई समूहबीचको झडपमा चक्कु प्रहारबाट दुईजना घाइते भएकोमा उपचारका लागि अस्पताल लगेपछि एकजनाको ज्यान गएको छ । अर्को व्यक्तिको अवस्था चिन्ताजनक रहेको र उपचार जारी रहेको भिक्टोरिया प्रहरीले जनाएको छ ।

यस्तै हिजो नै करिब सवा एक बजे फ्लीन्डर्स स्ट्रीट स्टेशनमा भएको झडपमा एकजना घाइते भएका छन् । यो घटनामा वैरवीका तीनजना किशोरहरुलाई पक्राउ गरिएको छ ।

यी घटनाका विषयमा कुनै जानकारी भएमा प्रहरीको क्राईम स्टपर्सलाई १८०० ३३३ ००० मा फोन गरी सूचित गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP