आइतबार , बैसाख ७, २०८२

अष्ट्रेलियाको मेलबर्नमा गएराति भएका तीन छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालीहरुको बसोबास रहेको क्षेत्र कोबर्गको एलिजावेथ स्ट्रीटमा गएराति साढेदुई बजे एक किशोरलाई अन्य व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गर्दा निजको घटनास्थलमै ज्यान गएको छ । ईमर्जेन्सी सेवाका सदस्यहरुले निजलाई घाइते अवस्थामा घटनास्थलमै उपचार गर्दागर्दै निजको निधन भएको हो । यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यस्तै अर्को घटनामा राति करिब सवा तीन बजे डकल्याण्डस्थित बर्कस्ट्रिटमा भएको दुई समूहबीचको झडपमा चक्कु प्रहारबाट दुईजना घाइते भएकोमा उपचारका लागि अस्पताल लगेपछि एकजनाको ज्यान गएको छ । अर्को व्यक्तिको अवस्था चिन्ताजनक रहेको र उपचार जारी रहेको भिक्टोरिया प्रहरीले जनाएको छ ।

यस्तै हिजो नै करिब सवा एक बजे फ्लीन्डर्स स्ट्रीट स्टेशनमा भएको झडपमा एकजना घाइते भएका छन् । यो घटनामा वैरवीका तीनजना किशोरहरुलाई पक्राउ गरिएको छ ।

यी घटनाका विषयमा कुनै जानकारी भएमा प्रहरीको क्राईम स्टपर्सलाई १८०० ३३३ ००० मा फोन गरी सूचित गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP