मंगलबार , बैसाख २९, २०८३

२०२२ को अन्तरास्ट्रिय महिला दिवस अस्ट्रेलियाको नर्दन टेरोट्री राज्य अन्तगत तिन भिन्न शहरमा बिभिन्न कार्यक्रम सहित सम्पन्न गरिएको छ। एनआरएनए नर्दन टेरोटेरी को आयोजना, Multicultural Community Services central australia को सहकार्य र  NANT को सहयोगमा एलाइस स्प्रिंग, क्याथरिन र डर्विन गरि तिन ठाउमा यो कार्यक्रम सम्पन्न गरिएको थियो।

“Break the Bias” भन्ने मूल नाराका साथ नेपाली दिदिबहिनिहरुको संघर्ष र सफलताका कथा सुनाउदै सास्कृतिक कार्यक्रम सहित कार्यक्रम सफल भएको जानकारी हामीलाई NRNA-NT  women Coordinator आशिका उप्रेतीले दिनु भयो। महिलालाइ गरिने भेदभावको अन्त्य गर्न र महिला पनि हरेक तवरले समुदायलाइ आगाडी बढाउँन सक्षम छन् भनेर देखाउन यो कार्यक्रम सफल रहेको पनि वहा बताउनु हुन्छ।

क्रमश: ३ र ५ मार्चमा  क्याथरिन र एलाइस स्प्रिंगमा सफलताका साथ संचालन गरिएको कार्यक्रम मार्च ६ मा डार्विनमा आयोजना गरिएको थियो।

डार्विनको चाल्स डार्विन युनिवर्सिटी मा गरिएको कार्यक्रममा मुख्य अतिथिमा Lauren Moss- (Minister for Women) को उपस्थिति रहेको थियो। अतिथिमा भने क्रमश: Dr. Ulrike Kachel (Lecturer In Business CDU), Savita Valadian-  (ICS president and Cultural coordinator) र Emcille Wills- (Philipino Community Presidernt) को उपस्थिति थियो भने NRNA -NT अध्यक्ष बिष्णु चापागाईंको पनि उपस्थिति रहेको थियो।  

नेपाली महिलाको संघर्ष र सफलताका कथा संगै सम्पूर्णलाई प्रोत्साहन दिन वक्ता सुयना श्रेष्ठ, अन्जना बराल, प्रेसिका सुबेदी, सरु सापकोटा, रिता खनाल, अनिता रिजाल र प्रतिक्षा देवानले आफ्ना कुरा राख्नु भएको थियो।

 

कार्यक्रममा स्वागत मन्तब्य NRNA NT women Coordinator आशिका उप्रेती संगै समिता महर्जनले राख्नु भएको थियो। बीच बीचमा मनोरन्जनको लागि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने कर्यक्रम संचालन रेनु पराजुलीले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP