सोमबार , जेठ २७, २०८२

वि.सं. २०७८ फाल्गुन २४ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च ०८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, चन्द्रोदय : दिउँसो १०:२३ बजे र चन्द्रास्त : बेलुका ०९:५९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, फाल्गुन शुक्लपक्षको षष्ठी तिथि, मध्यरात्रीपछि ०१:०७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, भरिणी नक्षत्र, बिहान ०६:५५ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि बृष राशिमा, वैधृति योग, मध्यरात्रीपछि ०१:२० बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा कौलव करण दिउँसो १२:१७ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०१:०७ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो (दिउँसो ०१:२८ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पूर्व (दिउँसो ०१:२८ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व ०२:३६ देखि मध्यरात्रीपछि ०२:३४ सम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : अन्तर्राष्ट्रिय नारी दिवस

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २५ गते : कामदा सप्तमी व्रत, २६ गते : होलाष्टक प्रारम्भ, अष्टमी व्रत, गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ, चिरस्वाय (नेवारी पर्व), मूहुर्त : डेरा सर्ने/बसाइँ सर्ने (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने), २७ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, सचेत हुनुहोला । भविष्यमा केही गर्नसक्छु भन्ने आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ख्यालख्याल मान्दै आएको विषयवस्तुले चिन्ता र निराशा बढाउन सक्छ । आज धनको कारोबारमा विशेष सतर्कता अपनाउने दिन हो । आर्थिक हैसियत र पदप्रतिष्ठामा बृद्धि हुने दिन हो, तर करकापमा परी अनिच्छित काम गर्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउनसक्छ । राम्रै गर्दा पनि नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुराको खुलासा नगर्नु बुद्धिमानी हुनेछ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ, आज विगतको कर्मको उचित प्रतिफल प्राप्त हुने समय हो । दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहनेछ, साथीसंगी र बाल्यावस्थाका मित्रसँगसमेत भेटघाट हुनसक्छ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ । अध्ययन/अध्यापनमा पनि मिहिनेतअनुसार उपलब्धी पाउन सकिने छ । नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो, अत: प्रतिष्ठा बढाउने कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँके/ताकेका हरेक क्रियाकलापमा सफलता मिल्ने समय छ । धनधान्य बृद्धिका साथै आफ्नो इज्जत र प्रतिष्ठाको समेत ख्याल गर्ने समय हो । आज कुनै त्यस्ता कार्य सम्पन्न हुनेछन्, जसले भविष्यमा राम्रो फाइदा दिलाउन सक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजमा राम्रो मुनाफा हुनसक्छ, तर मन भारी हुने तथा शरीरमा आलस्य जाग्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने आराम गर्नु राम्रो हुन्छ । कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन हलुका र चङ्गा हुने समय छ । व्यक्तिगत साजसज्जा, रूपविन्यास र सौन्दर्यप्रति आकर्षित बन्नुहुनेछ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर/परिवारमा रमाउने समय हो । निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार र भाँडाकुँडाका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । किताबी विषयमा भन्दा पनि अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर आज प्याच्चै बोल्ने बानीले कलह र विवाद निम्त्याउन सक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
टाढा रहेका छोराछोरीको राम्रो समाचार आउने, सुख/सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके/ताकेका काम पनि सम्पन्न हुने समय हो । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने दिन हो । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले तथा बेलुका छिट्टै घर पुग्नाले केही फाइदा हुनसक्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । हातमा नसोचेको धन प्राप्त हुनेछ, वा कतैबाट ऋण/सापटीमा ठूलै रकम पाउन सक्नुहुन्छ, तपाईंले धनको स्थिरता र वचतमा ध्यान दिनुहोला । आजको भाग्यबल २५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहकर्मी साथीको मद्दतले कुनै महत्त्वपूर्ण कार्य सम्पादन गर्न सकिने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनको आकर्षण र आन्तरिक क्षमताको उपयोग गरी जीवनसाथीलाई सजिलै प्रभावित तुल्याउन सक्नुहुन्छ । तर भावना हाबी हुने दिन हो, कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ, सचेत हुनुपर्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी नाम चम्काउने समय छ । काम र पेसाप्रति विशेष रूचि र निष्ठाभावको उदय हुने र गरेका कामबाट राम्रो आम्दानी हुने समय छ । कमाएको धन कि त सञ्चित हुनेछ वा आधारभूत खर्च टार्न उपयोग गरिने छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP