मंगलबार , अषोज २७, २०८३

ब्रिजवेन/ केही दिनदेखि परिरहेको मुसलधारी झरीले निम्त्याएको बाढीमा परि ब्रिजवेन क्षेत्रमा ६ जनाले ज्यान गुमाएका छन् । ग्रेटर ब्रिजवेन क्षेत्र जताततै डुबानमा परेको छ । डुबानका कारण हालसम्म ब्रिजवेन र गोलकोष्ट क्षेत्रका १ हजार भन्दा बढी सडकहरु बन्द गरिएका छन् ।
आज बिहान साढे २ बजे इन्द्रोपलीमा एक जना मानिस बगिरहेको कारबाट निस्कन सफल भएपनि पौडने क्रममा बाढीले बगाएको थियो । केही तल प्रहरीले ४३ वर्षिय पुरुषको शव फेला पारेको हो । त्यस्तै ब्रेकफाष्ट क्रिक क्षेत्रको ब्रिजवेन नदीमा हराइरहेको एक ७० वर्षिय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजे एनर्जेक्सको तथ्याकं अनुुसार ब्रिजवेन क्षेत्रका २१ हजार भन्दा बढी घरमा बिजुली सेवा अवरुद्ध भएको छ । तर, डुबान नहटेसम्म तत्काल बिजुली सेवा सुचारु गर्न नसकिने एनर्जेक्सले जनाएको छ । डुबानका कारण केही रुटका बस र रेल सेवा समेत बन्द गरिएको छ ।

ब्रिजवेन क्षेत्रमा डुुबान
ब्रिजवेनको मुटुमा रहेको ब्रिजवेन नदीमा पानीको बहाब निकै माथीसम्म आएको छ । आज बिहान वाइभेनहो ड्यामको पानी समेत मिसिन सक्ने भएकाले पानीको तह झनै बढ्न सक्ने देखिएको ब्रिजवेनमा लर्ड मेयर एड्रिन श्रीनरले जनाउनुभएको छ । ड्याम खोलिएमा ब्रिजवेनसम्म पानी आइपुग्न १६ देखि २४ घण्टा लाग्ने देखिन्छ । तर, ड्यामको पानीले नदीमा उच्च छाल ल्याउने डर भने नभएको अधिकारीहरुले विश्वास दिलाएकाछन् ।

ब्रिजवेन क्षेत्रमा डुुबान
डुबानका कारण ब्रिजवेनको बुलिम्बा, ह्यामिल्टन, मिल्टन, न्युफार्म, न्युस्टिेड, विन्जर र यरोङ्गा क्षेत्रमा जोखिम झनै बढेको छ । त्यस क्षेत्रका हजारौ घरहरु डुब्न सक्ने आकलन गरिएको छ ।

मौसम ब्युरोका अनुसार अबको २४ घण्टासम्म यस्तै मुसलधारे पानी परिरहने मौसम रहेको अनुमान गरिएको छ । भोली मध्यदिनसम्म मौसममा बिस्तारै बद्ली हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP