सोमबार , भाद्र १५, २०८३

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनको आजको बैठकमा पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने विषयमा छलफल हुने नेपाली कांग्रेसका एक नेताले बताए ।

एमसीसी अनुमोदनका लागि यही फागुन ५ गते प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । तर सत्ता गठबन्धनका नेताहरुबीच एकमत नहुँदा छलफल सुरु हुन सकेको छैन । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने तयारी छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP