शुक्रबार , भाद्र १२, २०८३

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।

 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ,’ उनले स्टाट्समा लेखका छन्।

उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको आरोप उनीमाथि छ।  ति किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP