आइतबार , जेठ २६, २०८२

युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा क्रेमलिनले वार्ताको प्रस्ताव अघि सारेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बेलारुसको मिन्स्कमा युक्रेनसँग कुराकानी गर्न सकिने बताएका हुन् ।

रुसको सरकारी समाचार संस्था आरआईएका अनुसार युक्रेनलाई ‘तटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको हो । साथै युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने रुसले सर्त अघि सारेको छ ।

त्यस्तै युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन नहुने पनि रुसी सर्त रहेको छ । त्यस्तै युक्रेन मामिलामा अमेरिका र अन्य मुलुकसँगको वार्ताका लागि पनि रुसले नेटोमा युक्रेनलाई सदस्य बनाउने पक्रियाबाट पछि हट्नुपर्ने बताएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।

क्रेमलिनले रुस र युक्रेन सम्बन्धमा महत्त्वपूर्ण मानिएको बेलारुसको राजधानी मिन्स्कमै वार्ताको सर्त अघि सारेको हो । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो । सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।

युक्रेनले भने रुसको पछिल्लो आक्रमणलाई नाजीकालीन जर्मनीको आक्रमणसँग तुलना गरेको छ । युक्रेनको गृह मन्त्रालयका अनुसार रुसी आक्रमणपछि सर्वसाधारणलाई करिब १८ हजार मेसिनगन बाँडिएको छ ।

@ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP